काठमाडौं । स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि २० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्ड जादैँ छ ।
नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाई समेत गरेको हो । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ जाने तयारी गरेको छ । नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ ।
लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।



































