मेजर लिग सकर : सान जोसेसँग बराबरीमा रोकियो इन्टर मियामी

काठमाडौं । अमेरिकन मेजर लिग सकर अन्तर्गत  खेलमा इन्टर मियामी बराबरीमा रोकिएको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामी सान जोसे अर्थक्वेक्स क्लबसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

इन्टर मियामीका लागि टाडेओ एलेन्डले २ गोल गरेका थिए भने म्याक्सिमिलियानो फाल्कोनले एक गोल गरेका थिए । त्यसैगरी सान जोसेका लागि क्रिस्टियन आरंगो, बीउ लिरोउक्स र इयान हार्केसले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा १२ खेलमा २२ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै वेस्टर्न कन्फेरेन्समा रहेको सान जोसेको १३ खेलमा १७ अंक भएको छ र हाल सातौं स्थानमा रहेको छ ।