थपिँदैछन् कोरोना संक्रमित

काठमाडौं । नेपालसँग खुला सीमा जोडिएको छिमेकी देश भारतमा यतिखेर कोभिड संक्रमित भेटिएका छन् । केही व्यक्तिको कोभिडकै कारण मृत्य भएको जनाइएको छ ।

भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या ६ हजार नाघेको छ । भारतीय स्वास्थ्य विभागका अनुसार गत चौबिस घण्टामा ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १३३ पुगेको हो । जसमध्ये सबैभन्दा धेरै १ हजार ९५० केसहरू केरलामा छन् । प्रत्येक दिन संक्रमणबाट ५–६ जनाको मृत्य भइरहेको छ । शनिवार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्य भएको पुष्टि गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्य ७३घढस ह७३घढसनेको संख्या ५८ प७३घढसगेको छ। भारतमा चार नयाँ भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ फेला परेको र त्यसमध्ये एनबी.१.८.१ भेरिएन्ट देखिएको त्यहाँका स्वास्थ्य विभागलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन्।

हाल भारतमा जुन–जुन शहरमा कोभिडको संक्रमण देखिएका शहरहरू पनि नेपालीहरूको धेरै आवात–जावत हुने क्षेत्र हो। खुल्ला सिमाना जोडिएर दिनहुँ धेरै मानिस आउने–जाने गर्नाले पछिल्लो केही दिनयता नेपालमा पनि कोभिड संक्रमित बढ्न थालेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत एक हप्ता यता सुदुरपश्चिम प्रदेशका विभिन्न नाका ह७३घढसँदै नेपाल आउने १३ जना र अन्य प्रदेशका नाका हुँदै नेपाल भित्रिने ४ जनामा आरडिटी परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको छ।

छिमेकी देशमा कोभिड संक्रमण बढ्दै गएको र त्यहीँबाट नेपाल आउने नागरिकमा पनि आरडिटी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि जीन सिक्वेन्सिङ गरेर क७३घढसन खालको भेरिएन्ट देखिएको छ भनेर परीक्षण गर्ने तयारी गरेको छ । जसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले पछिल्लो एक हप्तामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएका केशहरूको नमुना संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. चन्द्रभाल झाले बताए ।

‘पछिल्लो हप्ता पोजेटिभ देखिएका कोभिड केशहरू सबैमा आरडिटी परीक्षण मात्रै गरिएको हो,अब हामीले पिसिआर परीक्षण र जीन सिक्वेन्सिङ गरेर कुन खालको भेटिएन्ट देखिएको हो भनेर पत्ता लगाउने निर्णय गरेका छौँ, जसका लागि स्याम्पल काठमाडौँ ल्याइसकिएको छ’, महाशाखा प्रम७३घढसख डा. झाले भने। डा. झाका अन७३घढससार हालसम्म नेपालमा क७३घढसन खालको भेरियन्ट देखिएको हो भनेर पत्ता लागिसकेको छैन । हाल भारतमा ओमिक्रोनको नयाँ सब भेरिएन्ट एनबी.१.८.१ भाइरस तीव्ररूपमा फैलिएको र यो भेरिएन्ट अति सङ्क्रामक भए पनि कम घातक रहेको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।