अहमदाबाद विमान दुर्घटना : सबै २४२ जनाको मृत्यु, पूर्वमुख्यमन्त्री पनि सवार थिए

भारत । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले गुजरात प्रहरी आयुक्तलाई उद्धृत गर्दै यो जानकारी दिएको छ।

गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको दुर्घटनामा मृत्यु भएको छ। भाजपा राज्यसभा सांसद परिमल नाथवानीले एक्समा यो जानकारी दिए। तर, केही समयपछि उनले आफ्नो पोस्ट डिलिट गरे।

विमान ठोक्किएको भवनमा अहमदाबाद सिभिल अस्पतालका डाक्टरहरू बस्छन्। जानकारी अनुसार १५ जना डाक्टर घाइते भएका छन्।

एयर इन्डियाको उडान नम्बर एआई-१७१ दिउँसो १:३८ बजे उडेको थियो। दिउँसो १:४० बजे दुर्घटनाग्रस्त भयो।

जानकारी अनुसार विमानस्थलको पर्खाल र एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको थियो। विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखियो।