टाटा समूहले मृतकका परिवारलाई प्रतिपरिवार १ करोड रुपैयाँ दिने

भारत । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो।

टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि बताएको छ।

कम्पनीले टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन् , “एयर इन्डियाको उडान १७१ सँग सम्बन्धित भयानक घटनाबाट हामी गहिरो दुःखी छौं। यस क्षणमा हामीले महसुस गरिरहेको शोकलाई शब्दमा व्यक्त गर्न सकिँदैन।”

“हाम्रा विचार र प्रार्थनाहरू आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू र घाइते भएकाहरूसँग छन्।”

पोस्टमा थप लेखिएको छ, “टाटा ग्रुपले यस दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ। हामी घाइतेहरूको उपचारको खर्च बहन गर्नेछौं र उनीहरूलाई आवश्यक सबै हेरचाह र सहयोग सुनिश्चित गर्नेछौं। यसबाहेक, हामी बीजे मेडिकलको लागि होस्टेल निर्माणमा मद्दत गर्नेछौं।”

अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परी कम्तीमा २०४ जनाको मृत्यु भएको छ।