हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौं । हिमालयन बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।

संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागिएको बैंकले जनाएको छ। बैंकले १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ ।

बैंकको एफपीओ बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।