रौतहट । रौतहटको वृन्दावन नगरक्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्याक्टरको अगाडिको भाग उठी च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वृन्दावन-७ बस्ने इक्रुल मंसुरीको छोरा वर्ष २४ को ट्याक्टर चालक नजामोदिन मंसुरी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
वृन्दावन- ७ हुसेनीचोक र आकरपाथर बिच भित्रि सडक खण्डमा ना ४ त २०६८ नम्बरको गिट्टी लोड भएको ट्याक्टर खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठी स्टेरिङमा चालक मन्सुरी च्यापिएको अचेत अवस्थामा रहेको थियो।
प्रहरी टोलीले निजलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाइएकोमा चिकित्सकले गएराति मृत घोषणा गरेको हो ।
दुर्घटनामा परेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।




































