काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८१.७७ अकंले बढेर २९७४.५० बिन्दुमा कायम भएको छ ।
सो दिन ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज माइक्रोफाइनान्स समूहको ४.१० प्रतिशत, विकास बैंक समूहको २.३४ प्रतिशत, वाणिज्य समूहको २.१० प्रतिशत, फाइनान्स समूहको २.११ प्रतिशत र होटल तथा पयर्टन समूहको ३.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।





































