बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्कचेञ्ज (नेप्से) ९.६१ अंंकले बढेर २९८३.३१ बिन्दुमा कायम भएको छ ।

आज ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

आज ६ उपसूचक राताम्य भएको छ भने ७ उपसूचकमा हरियाली आएको छ ।

यसदिन ९८ कम्पनीको शेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ ।