सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । बुधबार सोही परिमाणको सुन १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य बिहीबार तोलामा १५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी २० रुपैयाँ बढेर प्रतितोला २ हजार ३५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ३३८२.८८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रति औंस ३९.६ डलर छ।बुधबार सुन प्रति औंस ३३८८.०३ डलर रहेको छ। चाँदी प्रति औंस ३८.६९ डलर थियो।