काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्द पूर्ण संवाद भएको बताएकी छिन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले नेतृत्व भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको जनाउँदै कुनै महत्वाकांक्षा नभएको पनि उनले प्रस्ट पारेकी छिन् ।
‘च्यासलमा प्रधानमन्त्री तथा अध्यक्षज्यूसँग मेरो सौहार्दपूर्ण संवाद भएको थियो तर केन्द्रीय समितिले अर्को निर्णय गरेको सुनेर म दुःखी छु,’ भण्डारीले भनिनी, ‘पार्टी सदस्यता नविकरण यो मेरो संवैधानिक र व्यक्तिगत अधिकार हो, पार्टी सदस्यबाट मलाई वञ्चित गराउनु पर्ने कुनै कारण छैन ।’




































