मकवानपुर । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
प्रदेशसभामा आज भएको मतविभाजनमा उनको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाउनु भएको हो । योसँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।
उनिविरुद्ध यही गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य छन् ।
































