दोहोरो अंकले बढ्यो सेयर बजार : ३००० बिन्दुमा नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.४९ अकंले बढेर ३००१.८० बिन्दुमा कायम भएको छ ।

आज ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.१४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.०९ प्रतिशत, जीवन बीमा समूहको ०.९८ प्रतिशतले शेयर मूल्य बढेको छ ।