सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।

आज सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सोही परिमाणको सुन प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०० रुपैयाँ रहेको चाँदी आज २३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।