कैलालीमा १५ वर्षीया बालिका करणी गरेको आरोपमा पक्राउ

कैलाली । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।