काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार झिनो अंकले बृद्धि भएको छ ।
आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ को बिन्दुमा कायम भएको छ ।
आज सात अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । जसमा नेपाल रि इन्स्योरेन्सको ४७ करोड १७ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, नेपाल इन्फ्रास्टक्चरको ४१ करोड ७७ लाख रुपैयाँ, बलेफी हाइड्रोपावरको ३६ करोड ८४ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको २२ करोड ६५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।




































