काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७५ अकंले बढेर २७७२.९८ बिन्दुमा कायम भएको छ ।
आज ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो ।
आज ११ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको ०.३७ प्रतिशत, फाइनान्स समूहको ०.२४ प्रतिशत र होटल तथा पर्यटनको ०.२८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ ।
































