उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छः महासचिव पोखरेल

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा उनले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको स्पष्ट पारे ।

पोखरेलले भने, “संविधान संशोधनको विषयमा सरकारमा नरहेका दलहरु सरकारले अघि सारेका मुद्दामा छलफल गर्न सकारात्मक भइनसकेको अवस्था एकातिर छ भने अर्कोतिर राष्ट्रियसभामा सत्तापक्षीय दलको बहुमत सुनिश्चितता भइनसकेकाले उयपुक्त वातावरण बनाएर संविधान संशोधन अघि बढ्नेछ ।”

उनले भने, “हामी अस्थिरता अन्त्य गर्छौँ ।” उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताए ।

महासचिव पोखरेलले तुलनात्मक रुपमा पहिले भन्दा राजश्व सङ्कलन वृद्धि भएको, सोधनान्तर स्थिति बचतमा रहेको, निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको उल्लेख गरे ।