सभापति देउवाद्वारा कोइरालाको निधनप्रति शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा वासु (वासुदेवशरण) कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनको आज ९३ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्ति जारी गर्दै कोइरालाको निधनबाट सिङ्गो पार्टी मर्माहत भएको जनाउँदै उनिप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

काभ्रेपलाञ्चोकको खोपासीमा जन्मिएका कोइराला विस २०१२ सालदेखि नेपाली काग्रेसमा आबद्ध थिए ।