लुना लुइँटेल बनिन् ‘मिस नेपाल २०२५’

काठमाडौं । यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन् ।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो ।