रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै उनलाई उम्मेदवार घोषित गरिएको हो ।

रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गरेको हो । ९ जना आकांक्षीहरु मध्येबाट थापालाई छनोट गरिएको हो ।