काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५९ अकंले घटेर २७२६.३७ बिन्दुमा कायम भएको छ ।
आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।
आज १२ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.४९ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशत, फाइनान्स समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बुधबार ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ ।
































