एनपीएल दोश्रो संस्करणको ट्रफी टुर आजदेखि, ८ सहरमा लगिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर आजदेखि हुने भएको छ ।

ट्रफी पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ । ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइनेछ ।

दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।