कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।

आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने उनले बताए ।