निषेधाज्ञा अवधिभर जुलुस र आवतजावत नगर्न अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सङ्घीय संसद् भवनलगायत काठमाडौंका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी भएकाले आदेश अवधिभर भेला, जुलुस र आवतजावत नगर्न अनुरोध गरेको छ ।

आज उपत्यकामा ‘जेनजी’को प्रदर्शन उग्र भएपछि जिल्ला प्रशासन काठमाडौंले नयाँबानेश्वर, राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको निवास बालुवाटार र सिंहदरबार क्षेत्र आसपास राति १०ः०० बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।