सञ्चारमन्त्री गुरुङको निवासमा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

प्रहरी स्रोतका अनुसार आन्दोलनकारीहरूले ढुंगामुढा गर्दै प्रहरी घेरा तोडेपछि निवासभित्र प्रवेश गरी आगजनी गरेका हुन्।

सुरक्षा अधिकारीका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ।