काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।
कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ ।
प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ ।
ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
































