काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।
तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।
































