आन्दोलनपछि सामान्य अवस्थामा फर्किंदै जनकपुरधाम

जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको छ ।

आन्दोलनका कारण बन्द रहेको नेपाल रेल्वे सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । रेल्वे कम्पनीका सहायक केवलबहादुर नेपालीका अनुसार, भारतमा सर्भिसिङ गरेर ल्याइएको रेल जयनगरबाट आइतबार बिहान ११ बजे जनकपुरधाम आइ सेवा सञ्चालन गरेको छ ।

आजदेखि तीन वटा समयतालिका अनुसार रेल सेवा सञ्चालनमा आउने र पहिलेझैँ नियमित रूपमा सेवा उपलब्ध हुने उनले जानकारी दिए ।