पहिलो महिला महान्यायाधिवक्ता भइन् सविता भण्डारी बराल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गरेर बराललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए । लगत्तै सविता भण्डारी बराललाई महान्यायाधिवक्ता बनाउने गरी तयारी थालिएको थियो ।

उनी मुलुकको पहिलो महिला महान्यायाधिवक्ता भएकी छन् ।