काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनि पहिलो महिला महान्यायाधिवक्ता बनेकि छिन् ।
प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । यसअघि, महान्यायाधिवक्ता रमेश बडाल थिए ।
उनले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता भएकि हुन् । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन । यसअघि उनि सूचना आयुक्तसमेत भईसकेको छिन् ।




































