देशमा बलमिच्याइँको सरकार छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरेका छन् ।

बिहीबार भक्तपुरमा एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।

‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभयो, संसद तुरुन्तै संसद भंग गर्न सिफारिस गर्छु, त्यो लागू गर्ने हो भने मात्रै प्रधानमन्त्री बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छ’, उनले भने ।

संसद भंग गर्ने पूर्वशर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य गरेर प्रधानमन्त्री कार्की आएको उनले आरोप लगाए। उनले भने, ‘लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनु भयो।’