कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिर २४ मा गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २४ मा गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार कांग्रेसको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा थापाले यस्तो निर्णय प्रस्ताव गरेका हुन् ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा पार्टीलाई महाधिवेशनमा लग्ने विषयमा छलफल गरेको थियो । साे बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित थिएनन् ।