पूर्वमन्त्री आलमको आइसियूमा उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ ।

मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ । उनी लामो समयदेखि मिर्गौलाको डायलाइसिस गराइरहेका छन् ।

विगतमा रौटहतबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।