काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि उनले राजीनामा दिएका हुन् । सोनलले शनिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राजीनामा बुझाए ।
यसअघि शनिबार विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का दुई सांसदले विपक्षमा मतदान गर्ने घोषणा गरेपछि सोनल सरकार स्पष्ट अल्पमतमा परेको थियो ।
मतदानमा पराजय निश्चित देखेपछि मुख्यमन्त्री सोनललगायत सत्ता पक्षका सांसदहरू बैठकबाट बाहिरिएका थिए ।
प्रदेश सभा बैठकबाट बाहिरिएलगत्तै मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
यो सँगै गत असोज २९ गते ५ दलका ५६ जना सांसदको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए ।




































