काठमाडौं । मधेस प्रदेशका पाँच जना सांसद पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि उनीहरू पदमुक्त भएका हुन् ।
सभामुख रामचन्द्र मण्डलले आजदेखि नै लागू हुने गरी उनीहरूलाई प्रदेशसभा सदस्यबाट पद मुक्त गरेका हुन् ।
मधेस प्रदेश सभा सचिवालयले बिहीबार राति जारी गरेको सार्वजनिक पत्रमा लगातार १० वटा बैठकमा अनुपस्थित भएका कारण पाँच जना सांसद पदमुक्त भएको उल्लेख छ ।
यसरी पदमुक्त हुने सांसदहरूमा उर्मिलादेवी सिंह सर्लाही, मनिषकुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार सर्लाही, सारदा शंकर कलबार बारा रहेका छन् ।
































