काठमाडौं । नेकपा एमालेपछि नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको छ ।
कांग्रेसले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत गएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको कांग्रेसले बतायो ।
यसअघि नेकपा एमालेले पनि रिट निवेदन दिएको छ । निर्वाचनमा जाने निर्णय गरेको कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनालाई पनि सँगसँगै लैजाने ठोस योजनासहित अदालत गएको बताइएको छ ।




































