आज हुने भनिएको एमालेको मतदान स्थगित

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि आज भनिएको मतदान स्थगित भएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले मेसिनमा समस्या आएकोले स्थगित गर्नुपरेको बताए । उनले भोलि विहान ८ बजे मतदानका लागि समय तोकिएको बताए । आज निर्वाचन हुने भनेपछि प्रतिनिधिहरु साँझ ६ बजेबाट लाइनमा बसेका थिए । करिव दुई घण्टा लाइनमा बसेपछि एमाले महासचिव शंकर पोखरेलले प्राविधिक कारणले निर्वाचनको मिति भोलिका लागि सारिएको बताए ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने छ ।

महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ ।