स्याङ्जामा पुरुषभन्दा महिला मतदाता ३ हजारभन्दा बढी : प्रतिनिधिसभा निर्वाचन

स्याङ्जा । स्याङ्जामा आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ४८ हजार मतदाता कायम भएको उल्लेख छ ।

वि.सं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक गरी कुल दुई लाख ४८ हजार ८१६ जना मतदाता रहेका हुन् ।

जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ जना धेरै रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ मतदाता छन् । स्याङ्जा क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता छन् ।

क्षेत्र नं १ मा गत निर्वाचनका तुलनामा यस वर्ष ३ हजार ४७५ मतदाता थप भएका छन् । क्षेत्र नं २ मा १ हजार २५२ मतदाता थपिएका कार्यालय प्रमुख थापाले जानकारी दिए । जिल्लामा वि.सं २०७९ को निर्वाचनमाभन्दा यस वर्षको निर्वाचनमा कूल चार हजार ७२७ मतदाता थपिका छन् ।