वाशिंगटन । भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माचाडोले सोमबार “सकेसम्म चाँडो“ घर फर्कने योजना बनाएको बताइन् र काराकसमा अन्तरिम राष्ट्रपतिको आलोचना गरिन् ।
सप्ताहन्तमा सामाजिक सञ्जालमा अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई जबरजस्ती सत्ताबाट हटाएपछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा, नोबेल शान्ति पुरस्कार विजेताले आफ्नो देश फर्कने वाचा गरेकी थिइन् ।“म सकेसम्म चाँडो भेनेजुएला फर्कने योजनामा छु,“ माचाडोले अज्ञात स्थानबाट बोल्दै भने ।
माचाडोले देशको अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई खुलेआम अस्वीकार गर्दै भने कि उनी “यातना, उत्पीडन, भ्रष्टाचार, लागूऔषध तस्करीका मुख्य शिल्पकारहरू मध्ये एक हुन् ।“वाशिंगटनसँग सहकार्य गर्न इच्छुक रहेको संकेत गरेकी रोड्रिगेज, मादुरोको नेतृत्वमा भेनेजुएलाको उपराष्ट्रपति थिइन् ।
माचाडोका अनुसार रोड्रिगेजलाई भेनेजुएलाका जनताले “अस्वीकृत” गरिसकेका छन् र मतदाताहरू विपक्षी पक्षमा उभिएका छन्। “स्वतन्त्र र निष्पक्ष चुनाव भएमा हामी ९० प्रतिशतभन्दा बढी मतले जित्नेछौँ, यसमा मलाई कुनै शंका छैन,” उनले भनिन्।
उनले भेनेजुएलालाई “अमेरिकाको ऊर्जा केन्द्र” बनाउने, देशलाई क्षति पुर्याएका “आपराधिक संरचनाहरू भत्काउने” तथा “देश छोड्न बाध्य भएका लाखौँ भेनेजुएलालीलाई स्वदेश फर्काउने” वाचा पनि गरिन्।




































