काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाई सुशासनको मार्गमा लैजाने एक मात्र उपाय डिजिटल नेपालको रोडम्याप भएको बताएका छन् ।
काठमाडौंमा आयोजित सेपिङ नेपाल डिजिटल फ्युचर अन्तर्गत एआई पोलीसी एण्ड इन्डस्ट्री ग्रोथः सम्बन्धि छलफल कार्यक्रममा मन्त्री खरेलले डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन लागिरहेको भन्दै आफ्नै कार्यकालमा रोडम्याप ल्याउने विश्वास व्यक्त गरे । साथै मन्त्री खरेलले डिजीटल नेपालको रोडम्याप राख्नु पर्ने सुझावहरु बुँदागत रुपमा दिन आग्रह गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्वाह गर्न सम्पर्क मन्त्रालयको रुपमा सञ्चारमन्त्रालयले भूमिका खेल्ने र सबै अल्झन हटाउने पनि बताए ।
सञ्चारमन्त्री खरेलले मुलुकको विकास र समृद्धिको आधार सूचना र प्रविधि रहेको उल्लेख गरे ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले सरकारले डिजीटल साक्षरता र साइवर सुरक्षामा लगानी बढाउँदै सुशासन तर्फ अगाडी बढ्नु पर्ने बताए । डिजीटल नेपाल फेमवर्कले शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा विशेष ध्यान दिएर नीति निर्माण र कार्यान्वय गर्नु पर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
कार्यक्रममा सहभागि सूचना प्रविधि क्षेत्रका प्रतिनिधिहरुले नीति बनाउनु भन्दा बनेका नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।




































