सधैँका लागि अस्ताए गायक तथा अभिनेता प्रशान्त तामाङ

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको निधन दिल्ली स्थित आफ्नै निवासमा भएको हो ।

गायक तथा अभिनेता तामाङ हृदयघातका कारण मृत्यु भएका थिए । उनले नेपाली केही चलचित्र र गीत संगीतमा ठूलो योगदान दिएका छन् । साथै उनी इन्डियन आइडल सिजन तीनको विजेता पनि थिए ।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् भने आधा दर्जनभन्दा बढी फिल्ममा समेत अभिनय गरेका छन्।