काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २ लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल रु ५ हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन रु २ लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ४८५ मा कारोबार भएको थियो ।
बुधबार एक तोला सुन रु २ लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु ५ हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन रु २ लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो ।
गत आइतबार प्रतितोला रु २ लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु ४ हजार १००ले बढेर २ लाख ७४ हजार ७०० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




































