गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिने निर्णय गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।  गगन विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुन् भने आयोगले उनी नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको स्रोतले जनाएको छ ।

थापासहितका नवनिर्वाचित पदाधिकारी बिहीबार मात्रै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्न माग गर्दै आयोग पुगेका थिए ।