पहाडको काखमा मुस्कुराउँदै लामाथर बस्ती

कास्की । कास्की जिल्लाको मादी गाउँपालिका–१ मा अवस्थित लामाथर बस्ती पहाडको काखमा सिँढीझैँ फैलिएको अनुपम गाउँ हो।

नीलो टिनले छाएका घरहरू, साँघुरा गोरेटो बाटा र हरियाली वनजंगलले घेरिएको यो बस्ती टाढैबाटै आकर्षक देखिन्छ। पृष्ठभूमिमा देखिने हिमाल र पहाडी भू–दृश्यले लामाथरलाई स्वाभाविक सौन्दर्यले भरिएको बस्तीको रूपमा चिनाउँछ।

परम्परागत जीवनशैलीमा रमाइरहेका यहाँका बासिन्दा कृषि र पशुपालनलाई मुख्य पेशा बनाउँदै आएका छन्। आपसी सहयोग, सामाजिक एकता र संस्कृतिप्रतिको सम्मान लामाथर बस्तीको विशेषता हो। चाडपर्व तथा सामाजिक कार्यक्रममा देखिने सामूहिक सहभागिताले यस बस्तीको आत्मीय वातावरण झल्काउँछ।

प्राकृतिक सुन्दरता, शान्त परिवेश र मौलिक संस्कृतिले भरिएको लामाथर बस्ती पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सके यो बस्ती मादी गाउँपालिकाकै एक महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।

तस्बिर : सन्तोस पाण्डे