काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा-५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। आज उनले झापा-५ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट लिएका हुन् ।
जनकपुरमा चुनावी सभाका लागि जनकपुरमा रहेका बालेनले रविको हातबाट टिकट लिएका हुन् ।
आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका हुन् ।
जनकपुरमा आज उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।




































