काठमाडौं । अहिले नेपाली सांगीतिक क्षेत्रमा मौलिक कामहरू भइरहेका छन् । फरक खालका , नेपालीपन बोकेका म्युजिक भिडियोहरू , गीतहरू दर्शकश्रोताले मन पराइरहेका छन् ।
उत्कृष्ट गीतहरू सधैं मान्छेको दिलमा डेरा जमाएर बसेका हुन्छन् । पछिल्लो समय थोरै भएपनि उत्कृष्ट गीतहरू आइरहेका छ्न ।
यस्तै `पीरिम लाउ है ´ बोलको गीत सार्वजनिक भएको छ । पत्रकार तथा उदाउँदै गरेकी प्रतिभाशाली कलाकार ज्योत्सना घिमिरेको मुख्य अभिनय रहेको `पीरिम लाउ है ´ बोलको गीत हालै सार्वजनिक भएको हो । चर्चित गायिका रचना रिमाल , गायक तथा सर्जक यादव घिमिरेको स्वर रहेको यस आधुनिक गीत ‘पिरिम लाउ है’ यादव घिमिरे अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
यस गीतको शब्द सम्पादन संस्कृतविद आचार्य नविन गौतमले गरेका हुन् । गीतमा नेपाली जीवनदर्शनलाई अर्थपूर्ण ढंगले प्रस्तुत गरिएको छ।
विशाल निरौलाले संगीत संयोजन गरेको गीतका शब्दहरू ठेट नेपालीपनलाई बोक्ने खालका छन् ।
यस गीतको म्युजिक भिडियोको निर्देशन, सम्पादन तथा रंग संयोजन एकान्त मगरले गरेका हुन भने म्युजिक भिडियोको छायांकन सञ्जोक श्रेष्ठले गरेका हुन । यस म्युजिक भिडियोमा नृत्य निर्देशन रोहित बस्नेत र आशिष राईले गरेका छन्। गीतको छायांकन बोडे कुमारी मन्दिर र कमलपोखरीमा गरिएको कलाकार घिमिरेले जानकारी दिइन ।
यस गीतबारे कलाकार ज्योत्सना घिमिरे भन्छिन -`आधुनिक गीत पिरिम लाउ है’ मा काम गर्दा म भावुक भए । अनुभवहरू विशेष रहे । एउटा कारण यो पनि हो कि गीत मेरो आफ्नै दाइ यादव घिमिरेको सिर्जना गर्नुभएको हो ।
यस गीतको शब्द र संगीतमा नेपालीपन छ । सरल शब्दमा प्रेमभावना अभिव्यक्त छ । संयोगवस मलाई नै मुख्य भूमिकामा रहेर गीतको म्युजिक बनाइयो । एकदम खुशी भए । सबै आदरणीय दर्शक श्रोतालाई यो गीतमा लाइक , सेयर अनि कमेन्ट गरिदिनु होला । ´



























