काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३ लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु ७ हजार ३०० कायम भएको छ ।
मङ्गलबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ९ हजार ३०० त्यति नै चाँदीको मोल रु ६ हजार ८७० कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





































