काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ ।
महासङ्घका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला रु ४ हजार १ सयले बढेर रु ३ लाख ४ हजार ६ सय पुगेको छ । साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला रु २ सय ४० ले बढेर रु ५ हजार २५० मा कारोबार भइरहेको छ ।
































