बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

बङ्गलादेश । बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्‌नुका साथै धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।

प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईलाईले दुर्घटना रातीको समयमा भएकाले उद्धार कार्य केही समयका लागि रोकियर उज्यालो भए पछि पुनः सुरु भएको बताउनु भएको छ ।

उनले अहिले सम्म २३ जनाको शव बरामद गरेको उल्लेख गर्दै त्यहाँ अझै कोही बेपत्ता हुन सक्ने बताएका छन् । राति उद्धार अभियान केही हदसम्म रोकियता पनि सेना ,अग्नी नियन्त्रण सेवा प्रहरी लगायतको समूहहरूले संयुक्त उद्धार अभियान चलाइरहेको उनले बताए ।

करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाका जाँदै गर्दा ढाकाबाट १ सय २८ किलोमिटर टाढा छदौलतदियाको फेरी टर्मिनल नम्बर –३ अगाडिबाट साँझ ५ बजे पद्मा नदीमा खसेको जनाइएको छ ।

ढाका ट्रिब्यूनका अनुसार बुधबार साँझ राजबारीको दौलतदिया नजिक पद्मा मदीको किनारमा पारिवारिक वियोगका कारण शोकाकुल आफन्तहरू भेला भएका थिए, उद्धार टोलीहरूले यात्रु बस र नदीमा खसेका मानिसहरूको खोजी गरिरहेको थियो । एएनआई